खोप व्यवस्थापनका लागि राष्ट्रपति भण्डारीको पहल

काठमाडौँ, १३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोप व्यवस्थापनमा गम्भीर चासो लिएकी छन् ।

उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी जिनपिङसँग बुधबार दिउँसो भएको ‘टेलिफोन वार्ता’मा राष्ट्रपति भण्डारीले ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप खरिदमा आवश्यक सहजीकरण’का लागि आग्रहसमेत गरेकी छन् । चिनियाँ समकक्षी सीले ‘असल र घनिष्ट छिमेकी मुलुकका नाताले नेपाललाई सक्दो सहयोग गर्न चीन सकारात्मक रहेको’ बताएका छन् । राष्ट्रपति सीले १० लाख डोज सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाल–चीन सम्बन्ध, ऐतिहासिक परम्परा तथा बुद्धजयन्तीसहित दुवै देशका राष्ट्रपतिबाट भएको भ्रमणमा भएका समझदारी कार्यान्वयनबारे पनि भण्डारी र सीबीच छलफल भएको छ । यसअघि, मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई ‘कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिने विषयमा पहल गरिदिन’ अनुरोध गरेकी थिइन् ।

समकक्षी कोविन्दलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउँदै उनले ‘नेपाललाई खोप उपलब्ध गराउने विषयमा सहजीकरण गरिदिन’ आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले जानकारी दिए । पत्रमा यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवादसमेत दिइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएको छ

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकु  पक्षले केन्द्रीय कार्यकारिणी समितिका सदस्यसँग छलफल गर्दै छ ।