अनुदानको अक्सिजन सिलिन्डर माओवादीका पूर्वमन्त्री वर्षमानले बेचे

रोल्पा, १२ जेठ । विपतको समयमा नेताहरूले अक्सिजन सिलिन्डर गाउँ–गाउँमा पठाउदै चुनावी प्रचार मात्रै गरेनन् । उनीहरूले अनुदानमा आएका नीला रंगका सिलिन्डरहरू स्थानीयसम्म पु¥याउदै व्यापार गरिरहेका छन् । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले गृह जिल्ला रोल्पाका सात तहमा आफ्नो पहलकदमी–मार्फत् अक्सिजन सिलिन्डर पठाएपनि उनका प्रतिनिधिहरूले स्थानीय तहमा पैसा लिएर बेचिरहेका छन् ।

पूर्वमन्त्री पुन सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बधाई तथा धन्यवादको पात्र बनेपनि त्यो प्रचार धेरै टिक्न सकेन। उनले रोल्पाका स्थानीय तहमा अक्सिजन सिलिण्डरको व्यापार गरिरहेको खुलासा भएको छ । माओवादी कार्यकर्ताहरूले पूर्वमन्त्री पुनको व्यक्तिगत लगानीमा रोल्पाका स्थानीय तहसम्म अक्सिजन सिलिण्डर पु¥याए जसरी सस्तो प्रचारबाजी गरिरहेका छन् । तर, पूर्वमन्त्री निकटकै केही व्यक्तिहरुले जिल्ला सात स्थानीय तहलाई नीला रंगका अक्सिजन सिलिण्डर बेचिरहेका छन् ।

माओवादी कार्यकर्ता तथा निकट पत्रकारहरूले सामाजिक सञ्जाल र स्थानीय मिडियामा अक्सिजन सिलिण्डरसँगै नेता वर्षमान पुन र लुम्बिनी प्रदेस सांसद दिपेन्द्र पुनको फोटो राखेर चुवानी प्रचार थालेपछि टिका–टिप्पणी भएको हो । वर्षमान पुनको पहलमा आएको अक्सिजन सिलिण्डर आफूहरूले भुक्तानी गरेको पुननिकट सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनले स्वीकार गरेका छन् । माओवादी कार्यकर्ताहरूले भने रोल्पाका जनतालाई निशुल्क सिलिन्डर उपलब्ध गराए जसरी प्रचार गरिरहेका छन् । तर, उनीहरूको चुनावी प्रचारमा भने भ्रम मात्रै रहेको छ ।

पूर्वमन्त्री वर्षमानले कोरोना महामारीको समयमा सेवा भन्दा पनि व्यापार गरिरहेको एमाले नेत्री इश्वरी जिएमले बताइन् । उनले सामाजिक सञ्जालमार्फत् केन्द्र सरकार, वर्षमान पुन र दिपेन्द्र पुनको पहल रोल्पा ल्याइएका अक्सिजन सिलिन्डर व्यापार भइरहेको आरोप लगाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएको छ

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकु  पक्षले केन्द्रीय कार्यकारिणी समितिका सदस्यसँग छलफल गर्दै छ ।