सभापति देउवाद्वारा पदाधिकारी बैठक आह्वान

काठमाडौँ, ११ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलालाउनुभएको छ ।

बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि बिहान पदाधिकारी बैठक बस्ने जानकारी दिनुभयो । पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक राख्नुभएको बताइएको छ । त्यस्तै पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिहरुको बारेमा समेत छलफल हुने बताइएको छ ।

गत शुक्रबार १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका देउवा प्रधानमन्त्री नियुक्त हुनुभएन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर

काठमाडौँ, ५ माघ । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । महानगरीय

काठमाडौँ, ५ माघ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । तर यात्रुसँग खोप कार्ड

काठमाडौँ, ५ माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021