कुनै पनि संकटको समाधानका लागि केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउँछः मुख्यमन्त्री पोखरेल

काठमाडौँ, ११ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुलुकमा भविष्यमा उत्पन्न हुने कुनै पनि संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न नसकिने बताउनुभएको छ ।

मुलुकको समस्या समाधानमा विगतमा कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई खोजी गरिए जस्तै वर्तमान समयमा उत्पन्न हुने कुनै पनि समस्या समाधानको लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई नै खोजी गर्नुपर्ने आवस्था नआउन भन्ने भन्न नसकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीलाई प्रमुख नेताहरुको वढ्दो घेरावन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूती वढ्दो रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेका बताउनुभयो । प्रधानमन्त्री ओलीको स्वदेश तथा विदेशमा समेत बढ्दो सहानुभुतीबाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो । त्यतिवेला उहाँको तिव्र विरोधसँगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो । मुलुक वहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीवाटो हिड्न लागिरहेको भान भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टी भित्र र वाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन्, त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । वरु प्रमुख नेताहरुको वढ्दो घेरावन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूती वढ्दो छ । आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् । दलिय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही वाटोमा अघि बढौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत