काण्डै काण्डमा उपाध्यक्ष शर्मा

काठमाडौँ, ११ जेठ । ठमेल विकास परिषद्का तृतीय उपाध्यक्ष भविश्वर शर्माको एक पछि अर्को गर्दै किर्ते काण्डहरु बाहिरिन थालेका छन् । कहिले ऋण काण्ड, कहिले घरबहाल काण्ड तथा कहिले व्यवसायीक काण्ड । यसरी उहाँको काण्डै काण्डकै दिनहरु व्यतित भइरहेको पाइएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले दुःखका साथ नेपाली नागरिकको ज्यान बचाउन कोरोना भ्याक्सिनको प्रयोगमा ल्याएको छ । जसलाई सरकारले निशुल्क रुपमा लगाइरहेको छ ।

सरकारले नागरिकको जीवन रक्षाको लागि भ्याक्सिन प्रयोगमा ल्याए पनि परिषद्का उपाध्यक्ष शर्माले भने आफ्नो नजिकका मान्छेलाई पहिलो डोज नै नलगाएका व्यक्तिलाई पहिलो डोज लगाई सकेको भनि नक्कली कार्ड बनाई दोस्रो खोप लगाउन लगाएको तथ्य सार्वजनिक भएको छ । उपाध्यक्ष शर्माले नक्कली कार्ड बनाई पहिलो डोज नै नलगाई शर्माले व्यवसायी सिताराम लामिछाने र कमला लामिछानेले पहिलो डोजको खोप नै नलगाई उपाध्यक्ष शर्माले पहिलो डोज खोप लगाईसकेको खोप बनाई दोस्रो डोजको खोप लगाउनुभएको छ । सामान्यतया कोरोना विरुद्ध लड्नको लागि दुई डोज भ्याक्सिन लगाउनुपर्छ । जसमा पहिलो डोज लगाएका ४२ दिनदेखी दुई महिनाभित्रमा दोस्रो डोज लगाउनुपर्छ । यसको लागि सरकारले आम नेपाली नागरिकलाई खोपबाट बञ्चित नगराई सवैलाई लगाउने लक्ष्यका साथ काम गरिरहेको छ ।

शर्मा सर्वोच्च अदालतका प्रधानन्यायधिस चोलेन्द्र शमसेरको भाईको घरमा सामान्य व्यवसाय (स्पा) सञ्चालन गर्दै आउनुभएको छ । उपाध्यक्ष शर्माले उक्त घरमा विगत लामो समयदेखी घर भाडा समेत नतिरी बस्नुभएको समेत खुल्न आएको छ । उपाध्यक्ष शर्माले भाडा तिर्नुपर्छ भन्दा अदालतमा मुद्धा लगाई नतिर्ने प्रयासमा रहनुभएको समेत तथ्य खुलेको छ । मुद्धा लगाई भाडा नतिर्ने प्रयास गरे पनि कानुनी प्रकृया पुरा गरी घरधनीले घर खाली गराउने प्रयास भइरको समेत बुझिएको छ । त्यस्तै आफु माओवादीको नेता भएको भन्दै धम्की दिने गरेको समेत बताइएको छ ।

परिषद्को चुनाव आगामी जेष्ठ २९ गते हुने भएको छ । चुनाव नजिकिँदै गर्दा आफ्नो स्थानलाई उच्च बनाउन र नेतृत्व आफ्नो कब्जामा बनाउने प्रयास शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएको छ

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकु  पक्षले केन्द्रीय कार्यकारिणी समितिका सदस्यसँग छलफल गर्दै छ ।