रामकुमारी झाँक्रीद्वारा मर्यादा हिन टिप्पणी

काठमाडौँ, ११ जेठ । नेकपा (एमाले)बाट निश्कासनमा पर्नुभएकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध मर्यादाहिन टिप्पणी गर्नुभएको छ ।

उहाँले मंगलवार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संविधान राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेमपत्र लेखिएको डायरी जस्तो भन्दै टिप्पणी गर्नुभएको छ ।

पार्टीले निष्काशन गरेपछि आक्रोशित भएकी झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्री माथि मर्यादाहिन टिप्पणी गर्नुभएको हो । यस अघि पनि झाँक्रीले यस्तै मर्यादा नाघेर टिप्प्णी गरेका कारण उहाँलाई पक्राउ गरिएको थियो । नेतृ झाँक्रीले जनतालाई महामारीमा राखेर सरकारले औषधीदेखि कात्रोसम्ममा भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।

उहाँले संविधानको बर्खिलापमा ओलीले फेरि संसद् विघटन गरेको गम्भीर आरोप लगाउनुभयो । उहाँ भन्नुभयो, ‘संविधान त यस्तो भयो कि राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको प्रेमपत्र लेखिएको डायरीजस्तो भयो । उहाँहरुले मनोमानी ढंगले च्यातचुत र तोडमरोड गरेर फेरि दोस्रो पटक संविधानमाथिको बलात्कार, आक्रामण र संसद्को विघटनको ठाउँमा पुग्यो र यसलाई चाहीँ हामीले के भनेका छौं भने यो राजनीतिक हिसाबले केपी ओलीले गरेको आफ्नो आत्महत्या हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार १७ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने भएको

काठमाडौँ, ९ असार । ग्लोबल आइएमई बैंकले मुद्दती बचत खाताको ब्याजदर बढाएर ८.०१ प्रतिशतसम्म पुर्‍याएको छ । असार १ गतेदेखि

काठमाडौँ, ९ असार । नेपाल राष्ट्र बैंकले बुधबार विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for June

काठमाडौँ, ८ असार । आज नेप्से परिसूचक ७९ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्सेको अंक २९१३ मा कायम