आफ्नै कार्यकर्ताद्वारा डा. बाबुराम भट्टराईको पुत्लादहन

जनकपुर, ११ जेठ । जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताद्वारा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्लादहन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका जसपाका वरिष्ठ नेतासमेत रहनुभएका डा. भट्टराईको पुत्ला उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाइमा जसपाकै नेता कार्यकर्ताले जलाएका हुन् । हिजो साँझ जनकपुरधामस्थित तपसी चौकमा जसपाका नेता कार्यकर्ताले पुतला जलाएका थिए । वडाध्यक्ष साह पनि स्वयं जसपाबाटै निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

नेता भट्टाराईले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशको विरोधमा वक्तव्य दिएपछि आफूहरूले उनको पुतला दहन गरेको वडाध्यक्ष साहले बताउनुभयो । सरकारले मधेशी नागरिकको माग गर्दै आएको नागरिकता सम्बन्धी अध्यादेश जारी गरेर पूरा गरिएको भन्दै उहाँले यसको विरोध गर्नु मधेश विरोधी कृयाकलाप रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब