स्वास्थ्य संकटकाल लगाउन प्रस्ताव पेस

काठमाडौँ, ११ जेठ । कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्ने बताउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जानकारी दिनुभएको छ ।उहाँले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिनुभएको हो ।

उहाँले कोरोना संक्रमणको दर सरकारले गरेको अनुमानअनुसार सुधार नभएको, दैनिकरूपमा ८ हजारभन्दा बढी संक्रमित थपिने गरेकै कारण स्वास्थ्य संकटकाल घोषणा गरी सबै शक्ति जनस्वास्थ्यमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

गतवर्ष भन्दा फरक ढंगले बन्दाबन्दी गरिएको र व्यक्तिहरूको आवत–जावतमा प्रभावकारी नियन्त्रण नभएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृतरूपमा नियन्त्रणमा आउन नसकेको बताउँदै कोरोना रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नुको विकल्प नरहेको मन्त्री त्रिपाठीले बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन् ।

काठमाडौँ, ७ असार । श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै

काठमाडौँ, ७ असार । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु-याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको