पिनद्वारा निर्वाचनको स्वागतः सवै इन्जिनियरहरुलाई सहभागी हुन अपिल

काठमाडौँ, १० जेठ । नेकपा एमालेको भातृ संगठन प्रोगेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)ले सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै वर्तमान राजनीतिक खिचातानीले गर्दा उत्पन्न समस्याको समाधान नै ताजा जनादेश समय सान्दर्भिक भएको बताएको छ ।

आज पिनका अध्यक्ष ई. शम्भुबहादुर श्रेष्ठले जारी गर्नुभएको एक विज्ञप्तीमा आगामी कार्तिक २६ र मंसिर ३ गते हुन लागिरहेको निर्वाचनमा सवै इन्जिनियरहरुलाई सहभागी हुन अपिल समेत गरेको छ । मुलुकमा अस्थिरताको बाटोमा लैजान खोज्ने दल तथा व्यवस्थालाई नै समाप्त पर्ने कुचेष्ठा गर्ने राजनीतिक पार्टीहरुबाट मुलुकलाई जोगाउन निर्वाचन उत्तम विकल्प भएको पिनले बताएको छ । सत्ता स्वार्थ तथा देशी विदेशी शक्तिहरुको इशारामा देशलाई अस्थिरताको बाटोमा लैजान दिनुनहुने उल्लेख गर्दै पिनले जनताको अभिमतलाई स्वीकार गर्दै आगामी यात्राको तय गर्नुपर्नेमा जोड दिएको छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु

काठमाडौँ, १४ चैत । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्दा दायर गरिएको छ । प्रवर्तन