अनेरास्ववियुले बुझायो सरकारलाई १३ बुँदे मागसहित ज्ञापनपत्र

काठमाडौँ, १० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुले १३ बुँदे ज्ञापनपत्र सरकारलाई बुझाएको छ ।

अनेरास्ववियुका संयोजक ऐन महरको अध्यक्षतामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठलाई सिंहदरवार स्थित मन्त्रालयमा गई उक्त १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । कोरोना संक्रमणदर नेपालमा उच्च बनिरहेको समयमा समेत विद्यार्थीको भविष्यमाथि खेलवाड नहुने गरी विशेष रणनीतिका साथ अगाडी बढ्न सरकारलाई अनेरास्ववियुले माग गरेको छ ।

उक्त क्रममा मन्त्री श्रेष्ठले कोरोनाका कारण भौतिक उपस्थितीमा एसईईको परिक्षा हुने सम्भावना कम रहेको बताउँदै कुनै विकल्प प्रयोग गरी परिक्षा लिने तयारी भइरहेको जानकारी गराउनुभयो । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले परीक्षाका लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने उहाँले जानकारी गराउनुभयो । मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्दै भन्नुभयो, ‘सबै परीक्षाको विषयमा चाँडै निर्णय गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा