आगामी चार सातामा संक्रमण क्रमशः घट्छ: मन्त्री त्रिपाठी

काठमाडौँ, १० जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभए पनि आगामी चार सातादेखी क्रमशः संक्रमणदर घट्दै जाने बताउनुभएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमण आगामी चार सातामा क्रमशः घट्दै जानसक्ने देखिन्छ ।’

पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ । अहिले बी १।६१७।२ भेरियन्ट मुख्य रुपमा फैलिएको छ, जसलाई भारतीय भेरियन्ट पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, ९ असार । रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड

जाजरकोट, ९ असार । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति निधन