संसद पुनर्स्थापनाको लागि १४६ सांसदको हस्ताक्षरसहित रिट दायर

काठमाडौँ, १० जेठ । विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् । संसद विघटनलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनका १४६ सांसदले सोमबार रिट दायर गरेका हुन् ।

प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको छ ।

प्रष्ट बहुमतसहित दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको उनीहरुको दाबी छ । रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरिएको छ । साथै १४९ सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी वैधानिक भएकाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिनुपर्ने रिट निवेदकहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ माघ । नक्कली मास्क बेचेको आरोपमा चार जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुर

काठमाडौँ, १३ माघ । थप ८ हजार १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ३९ हजार

काठमाडौँ, १३ माघ । काठमाडौँको शंखरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पती सुतेकै अवस्थामा मृत फेला परेका छन् । काठमाडौं प्रहरी परिसर,

रौतहट, १३ माघ । रौतहटमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021