सात मन्त्रालय लिएर ओली सरकारमा जाने तयारीमा जसपाका महन्थ-राजेन्द्र पक्ष

काठमाडौँ, १० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ ।

उक्त पार्टीका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष ठाकुर पक्षभित्र छ। अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाएकोले सरकारमा जानुपर्ने निश्कर्षमा अध्यक्ष ठाकुर र नेता महतो रहनुभएको छ ।

अध्यक्ष ठाकुरनिकट एक नेताले भन्नुभयो, ‘हामीले राखेका माग ओली सरकारबाट पूरा भइरहेका छन्। अब हाम्रो छलफल सरकारमा सहभागिता जनाउने विषयमा नै केन्द्रीत हुन्छ । प्रधानमन्त्रीले पनि खालि रहेका ७ मन्त्रालयमा मन्त्री पठाउन भन्नु भएको छ । यसबारे अझै गम्भीर रूपमा छलफल गर्छौं ।’

ओलीले अहिले रहेका मन्त्री नहटाइकन यसअघिदेखि नै रिक्त मन्त्रालय जसपालाई दिने गरी सरकारमा आउन आग्रह गर्नुभएको छ । नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ। ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राख्नुभएको छ ।

संविधानअनुसार २५ जना मन्त्री बनाउन मिल्छ । स्रोतकाअनुसार ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ । तर अब सात जना मात्रै मन्त्री थप गर्न मिल्छ । आकांक्षी धेरै भएकोले व्यवस्थापन गर्न ८ जना मन्त्री दिनुपर्ने ठाकुरले ओलीसँग माग गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती