नागरिकता अध्यादेशबारे भ्रममा नपरौंः पूर्वमन्त्री पण्डित

काठमाडौँ, १० जेठ । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशमा कुनै भ्रममा पर्नुपर्ने आवश्यकता नभएको बताउनुभएको छ ।

हिजो जारी भएको अध्यादेशको बारेमा सामाजिक सञ्जालमा व्यापकमात्रामा आलोचना तथा साथर्मन भइरहेको समयमा नेता पण्डितले निर्वातमान संघिय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक र अहिले आएको अध्यादेशमार्फतको आएको प्रावधानमा कुनै फरक नभएकाले भ्रममा नपर्न अपिल गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नागरिकता अध्यादेश र संविधानमा उल्लेखित नागरिकता सम्बन्धी ब्यवस्थाको साथै प्रस्तावित नागरिकता विधेयकमा राज्य ब्यवस्था तथा सुसासन समितिबाट पारित विधेयकमा कुनै फरक छैन । भ्रममा नपरौं ।’

जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन् । सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) को माग सम्बोधन गर्ने क्रममा सरकारले यो अध्यादेश जारी गरेको जस्तो देखिए पनि यो व्यवस्थाबाट नागरिकताबाट बञ्चित हजारौं नेपाली लाभान्वित हुनेछन् । 

नेपालको संविधान जारी हुँदा पनि संविधान जारी भएको मितिसम्म जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तान बालिग भएपछि वंशजको नागरिकता दिने व्यवस्था थियो । तर ऐन बन्‍न नसक्दा यो कार्यान्वयन हुन सकेको थिएन । संविधानको व्यवस्थाअनुसार ऐन नआउँदा नागरिकताका लागि परेको करिव ३५ हजार बढी निवेदन गृहमन्त्रालयमा थन्किएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।