अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी, १० जेठ । अमेरिकाको ओहायोको योङ्स टाउनमा गोली चल्दा तीन जनको मृत्यु भएको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् ।

योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उदृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले भनेको छ, “आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, ९ असार । रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड

जाजरकोट, ९ असार । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति निधन