शिवपुरी गाउँपालिकाकाद्वारा सेवालाई विशिष्टकृत रूपमा सञ्चालन

नुवाकोट, ९ जेठ । नुवाकोटको शिवपुरी गाउँपालिकाले जेठ ९ गते आइतवारदेखि सेवालाई विशिष्कृत रूपमा सञ्चालन गरेको छ । कोरोनाको सङ्क्रमण कायमै रहेकाले पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवालाई विशिष्टकृतरुपमा सञ्चालन गरेको हो । गाउँपालिकाले सञ्चालन गरेका योजनाको काममा सहजिकरण गर्ने उद्देश्यले गाउँपालिकाले सेवालाई विशिष्टकृत गरेको हो ।

वडा कार्यालय तथा गाउँ कार्यपालिकाको कार्यालयबाट हुने आयोजना सम्बन्धि सिफारिस, अयोजना सम्झौता, कार्य सम्पादन भइ अनुगमन समेत भएर आएका आयोजनाहरुको भुक्तानी तथा अन्य भुक्तानी र आयोजनासँग सम्बन्धित प्रत्येक कार्य मंगलवार र बुधबार सञ्चालन हुने र आयोजनासँग सम्बन्धित कार्य गर्ने शाखा, इकाइ, केन्द्र बाहेका अन्य शाखा, इकाइ र केन्द्रसँग सम्बन्धित कार्यहरु प्रत्येक हप्ताको आइतवार, सोमवार, बिहिवार र शुक्रवार सञ्चालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै गत वैशाख ३१ गतेदेखि जेठ ७ गतेसम्म गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको थियो । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिस तथा व्यक्तिगत घटना सम्बन्धि सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

कृषि तथा पशुसँग सम्बन्धित सेवाहरु टेलिफोनमार्फत जुनसुकै समयमा पनि सञ्चालन रहने, प्राविधिक कर्मचारीको भौतिक उपस्थिति आवश्यक भएको खण्डमा टेलिफोनबाट सम्बन्धित कर्मचारीको सल्लाह अनुसार सञ्चालन गर्ने जारी सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यमा भने नियमित रुपमा यसअघिदेखि नै कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले

  काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख

काठमाडौँ, ६ असार । थप २ हजार ४ सय ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने ३ हजार ४