राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौँ, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ ।

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मन्त्रीपरिषदको सिफारीसमा रास्ट्रपतिद्वारा जारी गरिएको अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउनेछन् ।

त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।
मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराउनुभएको थियो । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

इस्लामावाद, ७ असार । पाकिस्तानको खैबर पख्तूनख्वा (केपी) र सिन्ध प्रान्तहरूले ग्यास कम्पनीको प्रसारण लाइनमा केन्द्रिकृत एकाधिकार स्वकार गर्न नसकिने

कराची, ७ असार । पाकिस्तानमा कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएपछि संक्रमितको उपचारका लागि नर्स तथा अन्य स्वास्थ्यकर्मी अभाव हुन

काठमाडौँ, ६ असार । ओमान सरकारले आजदेखि रात्रिकालीन कफर्यु लगाउने भएको छ ।  कोरोना संक्रमणलाई नियन्त्रण गर्न आज रातिदेखि अर्को

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार