कांग्रेसले पनि प्रचण्डपथ अंगिकार गर्यो: प्रधानमन्त्री ओली

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि प्रचण्डपथलाई अंगिकार गरेर कुदेको जस्तो लागेको बताउनुभएको छ ।

आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको आरोप लगाउनुभयो । उहाँले कांग्रेस पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको सत्ता कब्जाको पथमा गएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘उनीहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए। पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो । तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ।’
उहाँले नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो पार्टीभित्र पनि बिग्रह ल्याउन खोजेको बताउँदै भन्नुभयो, ‘अरू पार्टी फुटाएर बागी विद्रोही सिर्जना गरेर एउटा होइन, केही तत्वलाई उकासेर कोहीका किर्ते सही गराएर उहाँ जानुभयो । दलहरूमा विग्रह ल्याएर लोकतन्त्र बलियो हुन्छ त?’

उहाँले कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, उहाँले हिजोमात्रै भनेको सुनें ओलीले गरेको चुनावमा हामी सहभागी हुँदैनौं रे । कसले गर्ने चुनावमा जानुहुन्छ त उहाँहरू। आफूले चुनाव गराउने भए त जनताबाट मत ल्याएर आउनु पर्थ्यो नि । उहाँहरू आफैंले गराएको चुनावमा २३ सिटमा झरेको होइन ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, ९ असार । रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड

जाजरकोट, ९ असार । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति निधन