चीनमा भएको एउटा दौडमा २१ धावकको मृत्यु

एजेन्सी, ९ जेठ । चीनमा एउटा दौडमा सहभागी भएकामध्ये २१ जना धावकको मृत्यु भएको छ ।

बीबीसीका अनुसार पश्चिम-उत्तर चीनको पहाडी भेगमा पर्ने रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र गतिको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएपछि उनीहरुको मृत्यु भएको हो ।

सय किलोमिटर दूरी भएको दौडमा एक सय ७२ धावक सहभागी थिए । हिजो भएको दौडमा हराएकाहरुमध्ये आज २१ जनाको शव भेटिएको खबरमा उल्लेख छ ।

रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । एक सय ५१ जनाको उद्धार गरिएको र उनीहरुमध्ये धेरैलाई चोट लागेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । थप २ हजार ४ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

तनहुँ, १० असार । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का

जनकपुरधाम, १० असार । सर्लाहीमा एक बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी

काठमाडौँ, १० असार । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण