एमालेद्वारा रामकुमारी झाँक्रीलाई कारवाही

काठमाडौँ, ८ जेठ । नेकपा एमालेको नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले कारवाही गर्ने भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास वालुवाटारमा आज बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेतृ झाँक्रीलाई कारवाही गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले झाँक्रीसहितका ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

बैठकले पार्टीको हित, ह्वीप तथा विधि, विधान विपरित गतिविधिमा संलग्न भएका पार्टीका ११ जना निवर्तमान सांसदलाई स्पष्टिकरण सोधेको हो । उक्त ११ जनामा माधव नेपाल, झलनाथ खनाल, डा। भिम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, लक्ष्मी चौधरी, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु लगायतका सांसदहरु रहनुभएको पार्टीकाप प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँहरुको स्पष्टिकरणको प्रकृति हेरी बाँकी कारवाहीको वारेमा पछि निर्णय गर्ने प्रवक्ता ज्ञवालीले जानकारी गराउनुभयो ।

हिजो कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्नेहरुमा झलनाथ खनाल, माधव नेपाल, पवित्रा निरौला खरे, भीम रावल, यज्ञराज सुनुवार, घनश्याम भुसाल, विरोध खतिवडा, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, गणेश पहाडी, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, भवानी खापुङ, दिपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खातुन, लक्ष्मीकुमारी चौधरीको हस्ताक्षर थियो ।

माधव समूहका अन्य २६ जनामा १५ जनालाई भने तत्काल स्पष्टिकरण नलिने निर्णय गरेको छ । माधव समूहका २६ जनाले हिजो प्रधानमन्त्रीको दावी गर्दा विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरिएको थियो । जसमा १५ जनाले आफ्नो हस्ताक्षर दुरुपयोग तथा विविध कारणहरु सार्वजनिक रुपमा बताइसक्नुभएकाले १५ जनालाई स्पष्टिकरण नसोधीएको प्रवक्ता ज्ञवालीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएको छ

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकु  पक्षले केन्द्रीय कार्यकारिणी समितिका सदस्यसँग छलफल गर्दै छ ।