एमालेले सोध्यो माधवसहित ११ जना संघीय सांसदहरुलाई स्पष्टिकरण

काठमाडौँ, ८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटीको बैठकले ११ जना निवर्तमान संघिय सांसदहरुलाई स्पष्टिकरण सोधेको छ ।

आज बालुवाटारमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीको हित, ह्वीप तथा विधि, विधान विपरित गतिविधिमा संलग्न भएका पार्टीका ११ जना निवर्तमान सांसदलाई स्पष्टिकरण सोधेको हो । उक्त ११ जनामा माधव नेपाल, झलनाथ खनाल, डा. भिम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, लक्ष्मी चौधरी, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु लगायतका सांसदहरु रहनुभएको पार्टीकाप प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । उहाँहरुको स्पष्टिकरणको प्रकृति हेरी बाँकी कारवाहीको वारेमा पछि निर्णय गर्ने प्रवक्ता ज्ञवालीले जानकारी गराउनुभयो ।

हिजो कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्नेहरुमा झलनाथ खनाल, माधव नेपाल, पवित्रा निरौला खरे, भीम रावल, यज्ञराज सुनुवार, घनश्याम भुसाल, विरोध खतिवडा, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, गणेश पहाडी, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, भवानी खापुङ, दिपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खातुन, लक्ष्मीकुमारी चौधरीको हस्ताक्षर थियो ।

माधव समूहका अन्य २६ जनामा १५ जनालाई भने तत्काल स्पष्टिकरण नलिने निर्णय गरेको छ । माधव समूहका २६ जनाले हिजो प्रधानमन्त्रीको दावी गर्दा विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरिएको थियो । जसमा १५ जनाले आफ्नो हस्ताक्षर दुरुपयोग तथा विविध कारणहरु सार्वजनिक रुपमा बताइसक्नुभएकाले १५ जनालाई स्पष्टिकरण नसोधीएको प्रवक्ता ज्ञवालीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण