ताजा जनादेशमा जाने प्रधानमन्त्री ओलीको निर्णयलाई अनेरास्ववियुद्वारा स्वागत

काठमाडौँ, ८ जेठ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले ताजा जनादेशमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमलाई स्वागत गरेको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रण, स्वास्थ्य सामाग्री, खोपको व्यवस्थापन, गुमेको नेपाली भूमिलाई फिर्ता ल्याउने, मुलुकलाई विकास र समृद्धिको यात्रामा लैजाने समयमा आफ्नो दल वा पार्टी, व्यक्तिको स्वार्थको लागि कुर्सीको लडाईमा नेतृत्वहरु लागेकाले मुलुकलाई अराजकतामा जान दिनुको विकल्पमा प्रधानमन्त्रीले चाल्नुभएको उक्त कदम स्वीकार्य रहेको अनेरास्ववियुका संयोजक ऐन महरले बताउनुभयो ।

जनताको नाशो जनतालाई नै सुम्पदै ताजा जनादेशमा जाने प्रधानमन्त्री ओलीको कमदले मुलुकलाई अस्थिरताबाट बचाउने उहाँको दावी रहेको छ । आज एक विज्ञप्ती जारी गर्दै संयोजक महरले प्रतिकृयावादीको आडमा सरकार ढाल्ने खेलमा कांग्रेस, माअ‍ोवादीलगायतका दल लागेको भन्दै आक्रोस जनाउनुभयो ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब