ओलीले ठिक गरे, अराजकहरुलाई ठेगान लगाउने तरिकै यही हो: अध्यक्ष बिजुक्छे

काठमाडौँ, ८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ ।

अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीभित्र देखिएको दलीय अनुशासनहिनता अन्त्य गर्न यो कदम एकदमै सही भएको बताउनुभयो । आफ्नो पार्टीले पहिलेदेखि भन्दै आएको कुरा अहिले त्यही बिन्दुमा आइपुगेको बिजुक्छेको भनाई छ ।

उहाँले भन्नुभयो, ‘पार्टीहरूमा देखिएको भद्रगोलमा बस्नुभन्दा जनताको मत माग्नु नै उपयुक्त थियो, हाम्रो पाटीलाई यो स्वभाविक लागेको छ । पार्टीहरुको अराजकतालाई ठेगान लगाउने तरिका यहिँ हो । किनभने उनीहरुको म्युजिकल चेयर अनुसारले सरकारमा जाने योजना थियो । त्यसले त देश अघि बढ्दैनथ्यो । एक बर्षदेखि त्यो गडबड भइरहेको थियो । त्यसले गर्दापनि कोरोना जसरी नियन्त्रण गर्नुपर्ने थियो त्यसरी भएन ।’

पहिले यति धेरै मान्छे मरेका थिएनन् । त्यसकारण अहिलेको घटना पार्टीहरुको अराजकताका कारण भएको हो ।’ अध्यक्ष बिजुक्छेले सरकारले घोषित मितिमै चुनाव गराउनसक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भनेको समयमा चुनाव नगरे बिरोध हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, ९ असार । रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड

जाजरकोट, ९ असार । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति निधन