उदयपुर सिमेन्टमा सुशासनको महत्वपूर्ण पक्ष: १४ वर्ष रोकिएको साधारणसभा हुने

उदयपुर, ८ जेठ । पूर्ण रुपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले नयाँ नेतृत्व पाएसँगै नयाँ–नयाँ कामहरुलाई अगाडी बढाएको छ । त्यती मात्र नभई विगतको लामो समयसम्म रोकिएर रहेका व्यवस्थापकीय पक्षहरुले समेत गति लिएको छ ।

व्यवस्थापकीय, उत्पादन वृद्धि तथा आर्थिक मजवुद हुनु नै उद्योगको एक महत्वपूर्ण परिवर्तन भएको छ । दैनिक एक कदम अगाडीको नीतिमा अगाडी बढेको वर्तमान व्यवस्थापनले सुशासनको ढोकाहरुलाई समेत खुल्ला गर्न थालेको छ । करिवा ४ महिना अगाडी महाप्रवन्धकमा गोपीकृष्ण न्यौपानेलाई नेपाल सरकारले नियुक्ति गरेसँगै उद्योगले नयाँ रुप लिएको छ । महाप्रवन्धक न्यौपानेले नेतृत्व संहालेसँगै छोटो समयमा नै विक्रि वितरण, उतपादन तथा बजार विस्तारले उद्योगको औचित्यलाई अझ बढी बढवा दिएको छ ।

सञ्चालक समितिको निर्णय अनुसार १४ वर्षदेखी रोकिएको वार्षिक साधारणसभा हुने लागेको छ । वार्षिक साधारणसभाको आन्तरिक तयारी करिव अन्तिम अवस्थामा रहेको महाप्रवन्धक न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘संचालक समितिको निर्णयानुसार १४ आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्ने प्रयोजनका लागि, महाप्रवन्धकको हैसियतले मेरो ४ महिनाको अवधिमा सम्पूर्ण तयारी गरि आज सूचना प्रकाशित गर्न सफल भएका छौं । संचालक समितिका अध्यक्षज्यू तथा संचालकज्यूहरु प्रति आभार व्यक्त गर्दछु । साथै सम्पूर्ण उद्योगका कामदाररकर्मचारीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

२०औं देखी ३३औं वार्षिक साधारणसभा आगामी जेष्ठ ३० गते हुने भएको छ । साधारणसभामा सामान्य प्रस्ताव र विशेष प्रस्ताव गरी ९ वटा प्रस्तावहरुमा छलफल हुने बताइएको छ ।

साधारणसभा सम्बन्धी सूचना

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब