माधव नेपालले गरेका पाँच अक्षम्य अपराधहरु

काठमाडौँ, ८ जेठ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी, पार्टीका नेता कार्यकर्ता तथा जनताको बीचमा पछिल्लो समय पाँच अक्षम्य अपराहरु गर्नुभएको सामाजिक सञ्जालमा कार्यकर्ताले आक्रोस व्यक्त गरेका छन् ।

माधव नेपालकै कारण एमालेलाई तहस नहस बनाउने प्रयास भएको भन्दै कार्यकर्ताले आक्रोस व्यक्त गरेका छन् । नेपालमा एमालेको शासनलाई हटाई माओवादी तथा कांग्रेसको टाङमुनी छिरेको भन्दै आक्रोस जनाएका हुन् ।

सामाजिक सञ्जालमा कार्यकर्ताले आक्रोस व्यक्त गरेका माधव कु. नेपालका ५ अक्षम्य अपराधहरू,

१. कर्णाली प्रदेशमा फ्लोरक्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग,

२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्री विरूद्द गठबन्धन निर्माणमा गोप्य साँठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजिनामाको लागि गुप्त निर्देशन,

३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ,

४. वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टीविरोधी व्यक्तिलाई मतदान,

५. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कृत्ये र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरियतामा उपस्थित ।

नेकपा एमालेकाे नेतृत्वमा रहेकाे सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसकाे गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न श्री माधव कु. नेपालले गरेका अपराधहरूकाे भ्रत्सना गराैं !अपना नाम धुन्धुकारी कहाे पट्टु ! विचरा –

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण