सत्ता स्वार्थले जसपा एकता धरापमा

काठमाडौँ, ८ जेठ । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए । सत्ताका लागि दुई अध्यक्ष दुई कित्तामा उभिँदा पार्टी एकता धरापमा पर्ने देखिएको छ । 

ठाकुरले पार्टीको लेडरप्याडमा प्रधानमन्त्री ओलीलाई समर्थन गरेको बेहोरा उल्लेख गर्दै हस्ताक्षर गरेका छन् । त्यस्तै जसपा संसदीय दलको नेताको हैसियतमा राजेन्द्र महतोले पनि संसदीय दलले ओलीलाई समर्थन गरेको बेहोराको पत्रमा हस्ताक्षर गरेका छन् । 

यादवले भने प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने पार्टी निर्णय नभएको बताएका छन् । एमाले अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसँग पेस गरेको दाबीमा ठाकुर र महतोको चिठीलाई पनि आधार मानिएको छ । ठाकुर र महतोको चिठीलाई आधार मानेर ओलीले जसपाका ३२ सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । ३२ जनामा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि पर्छन । यादव र भट्टराईको समर्थन पनि आफूलाई भएको दाबी ओलीको छ । तर, भट्टराई र यादवले कुनै पनि हालतमा ओलीको पक्षमा जान नसकिने बताएका छन् ।  

यादव नयाँ सरकार गनका लागि नेपाली कांग्रेसका सभापति देउवाको पक्षमा बहुमत पु¥याउन शुक्रबार दिनभर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगका बैठकमा सहभागी भए । कांग्रेस संसदीय दलको कार्यालयमा यादवले बैठक गरे भने नजिकै रहेको पूर्वराजपा संसदीय दलको कार्यालयमा ठाकुर र महतोले अर्को बैठक गरे । देउवालाई समर्थन गर्ने पार्टी कार्यकारिणी समितिको निर्णय भएको अध्यक्ष यादवले बताए । ओलीको पक्षमा ठाकुर र महतो लाग्नु दुर्भाग्यपूर्ण भएको यादवको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब