बाबुराम, उपेन्द्रसहित जसपाका १२ जना सांसदलाई कारवाही

काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जनालाई मान्यता नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको छ ।

जसपा नेपालका संसदीय दलका नेता राजेन्द्र महतोले लेखेको पत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो दलबाट १२ जनाले गरेको हस्ताक्षर गर्ने सांसद्लाई पार्टीले कारवाहीको प्रकृया अगाडि बढाएको हुनाले सो हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्नुभएको छ । कारवाही पर्ने सांसदहरुमा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईसहितका उक्त पक्षका सांसदहरु रहनुभएको छ ।

जसपा नेपालका उपेन्द्र यादव पक्षले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा १२ जना सांसदको हस्ताक्षर बुझाउनुभएको थियो । यता, जसपा नेपालका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीको समर्थनमा पार्टीका ३२ जनाको नामसहितको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब