संवैधानिक विशेष परिस्थितीले गर्दा ७६ (५) मा जानु अपरिहार्य भइसक्यो: प्रम ओली

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको बताउनुभएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘७६ (५) मा जानुपर्ने भएकाले मार्गप्रशस्त गर्नु समयको चाप र परिस्थितिका हिसाबले उचित मात्र होइन, अपरिहार्य भइसक्यो ।’

अढाई महिनामा अविश्वासको प्रस्ताव नआएको तथा तीन दिन समय दिँदा पनि सरकार नबनेको भन्दै उहाँले भन्नुभयो, ‘अब अढाई महिना नै दिने कि कति दिने रु’ दलहरु मिले २४ घण्टामा सरकार बन्न सक्ने भन्दै ओलीले भन्नुभयो, ‘गए भयो, वैकल्पिक सरकार बनाए भयो । वैकल्पिक सरकार बनेमा म स्वागत गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा