प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ : अध्यक्ष ठाकुर

काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीको विरुद्धमा नजाने स्पष्ट पार्नुभएको छ ।

दलको कार्यालय सिंहदरवारमा आजको बैठकमा अध्यक्ष ठाकुरले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आलीसँग भइरहेको छलफलको बारेमा जानकारी गराउन अनौपचारिक रुपमा सांसदहरुसँग छलफल गरेको बताउनुभयो । आजको बैठकमा प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्दा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उहाँले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो लागि सबै दल फ्रेन्ड्ली नै हुन्, तर हामी प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ ।’ जसपा अध्यक्ष ठाकुर पक्षधर सांसदको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री संविधान संशोधनका लागि तयार भएको दावी गर्नुभयो । मन्त्रीपरिषद्बाट संविधान संशोधनका अध्ययन गर्न सुझाव समूह गठन गर्ने निर्णय भएको बताउँदै उहाँले संविधान संशोधनको नाम सुन्न नचाहने प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि तयार भएको बताउनुभयो ।

नागरिकताको समस्या पनि समाधान गर्न मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेको बताउँदै उनले मधेशी आन्दोलनकारी माथि लागेको थुप्रै मुद्दाहरु फिर्ता भएको र अरु हुने क्रममा रहेको जानकारी गराउनुभयो । अध्ययन समूहले अध्ययन गरेर संसदमा प्रस्ताव लैजाने र त्यसलाई त्यहाँ छलफल गरेर टुगों लगाउने बताउँदै उहाँले अध्ययन समूहले तयार पारेको प्रतिवेदनको आधारमा सरकारले संविधान संशोधन गर्ने बताउनुभयो । मन्त्रीपरिषद्बाट गठन गरिएको अध्ययन समूहमा जसपा नेपालको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहनुभएको छ भने एमालेको तर्फबाट अग्नि खरेल, विष्णु पौडेललगायत तीनजना रहेको नेता महतो जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ । प्रधानमन्त्री केपी ओलीले

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत