विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्दैनौंः नेता महतो

काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता राजेन्द्र महतोले विपक्षी गठबन्धनलाई समर्थन गर्न नसक्ने बताउनुभएको छ ।

आज सिंहदरवारमा जसपाको दलको बैठकपछि पत्रकारहरुसँगै कुरा गर्दै नेता महतोले सरकारको पक्ष वा विपक्षमा भन्दा पनि आफ्नो पार्टीको मुद्धाको सम्बोधन गर्ने तर्फ रहेको बताउनुभयो । आज सरकारको दावी पनि नगर्ने र दावी गर्नेलाई समर्थन पनि नगर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो ।

तथस्ट बस्ने जसपाको निर्णय रहेको उल्लेख गर्दै उहाँले जसले पार्टीको माग सम्बोधन गर्छ उसलाई समर्थन गर्नेमा विश्वास दिलाउनुभयो । वर्तमान सरकारले आफ्नो मागहरु सम्बोधन गर्ने क्रममा रहेकाले तत्काल विपक्षी गठबन्धनलाई समर्थन गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । जसपाका नेता तथा कार्यकर्तालाई लगाईएको मुद्धा फिर्ता, नागरिकताको लगायतका सवालमा सरकारले पुरा गर्ने प्रक्रिया अगाडी बढाएकाले त्यसलाई आफ्नो दलले स्वाग गरेको बताउनुभयो ।

पद र कुर्सीको लागि आफ्नो पार्टीले अगाडी नबढ्ने बताउँदै अधिकार र पहिचानको लागि पार्टीले लडाई गर्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो पार्टीले कुर्सीको कुनै चाहना नभएको स्पष्ट पार्दै माओवादी, कांग्रेस, एमालेको एउटैमात्र दौड कुर्सीको रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा