परिस्थितिजन्य काममा मेरो कुनै इच्छा छैन: अध्यक्ष ठाकुर

काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ परिस्थितीजन्य काममा आफ्नो कुनै इच्छा नरहेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको स्पष्ट पार्नुभयो । वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा ठाकुरको नाम चर्चामा रहेको समयमा स्वंम उहाँले त्यसको कुनै सम्भावना नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य काममा मेरो कुनै इच्छा आकांक्षा छैन ।’

दलहरुले त तपाईँलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने कुरा गरेका छन् नि भन्ने प्रश्नमा जसपा अध्यक्ष ठाकुरलले भन्नुभयो, ‘सम्भावनाहरु हुन्छ, सपनाहरु पनि हुन्छ, त्यो त्यति हो ।’ स्वयं जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ ।

नागरिकतासम्बन्धी अध्यादेश ल्याएको र संविधान संशोधनका लागि कार्यदल बनाएको भन्दै उहाँले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दाहरुमा पनि छलफल भइरहेको छ । जे हुन्छ, कानुन, विधि अनुसार नै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ । तर सौभाग्यले यो

काठमाडौँ, ७ असार । वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका

वि.सं.२०७८ साल असार ०७ गते । सोमबार । ईश्वी सन् २०२१ जुन २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस

धादिङ, ६ असार । धादिङकाे नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान