तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

काठमाडौँ, ७ जेठ । तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ ।

नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए । उनका अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।

पहिलो पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए ।

चीनबाट दैनिक रूपमा अक्सिजन आउन थालेपछि कोरोना भाइरस सङ्क्रमितलाई ठूलो राहत मिलेको भन्सार प्रमुख गौतमले बताए । सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाका अनुसार चिनियाँ क्षेत्रमा नेपाली न्यापारीले हजारौँ सङ्ख्यामा अक्सिजन सिलिन्डर ल्याउन लागेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती