सांसद बस्नेतको पहलमा अक्सिजन प्लान्ट जोड्न सूर्यविनायक नगर अस्पताललाई थप ७५ लाख बजेट

भक्तपुर, ६ जेठ । भक्तपुरका जनतालाई स्वास्थ्यको क्षेत्रमा सहज पहुँच विस्तार गर्ने तथा नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको रणनीति अनुसार जिल्लाको सूर्यविनायक नगपालिकाले आधुनिक, व्यवस्थित र प्रभावकारी अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले पुनः दोस्रो पटक मन्त्रालयको जिम्मेवारी संहालेसँगै देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी लिएका अस्पतालहरुलाई बजेटको व्यवस्थापन गर्नुभएको थियो । पछिल्लो समय तीन वटै तहका सरकारको ध्यान कोरोना नियन्त्रण, अस्पतालको व्यवस्थापन, अक्सिजन, भेन्टीलेटर, आइसीयु, आइसोलेशन तथा कोरोना संक्रमितको लागि अनिवार्य आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन भइरहेको छ । जसको नेतृत्व तीनै तहका जनप्रतिनिधि तथा सम्बन्धीत निकायले गरिरहेका छन् ।

यसै क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती स्थित निर्माणाधिन नगर अस्पतालको लागि थप ७५ लाख बजेटको व्यवस्थापन भएको छ । यस अघि उक्त नगर अस्पताललाई एक करोड ५० लाख बजेट शुनिश्चित भइसकेको छ । यो सँगै अब उक्त अस्पताल निर्माण गर्नको लागि संघिय सरकारको अर्थमन्त्रालयले दुई करोड २५ लाख बजेट व्यवस्थापन गरिदिएको छ । अस्पतालमा एक करोड ५० लाख रकम आइसीय वेडको लागि रहेको थियो भने आज थप भएको रु ७५ लाख अक्सिजन प्लान्ट निर्माण गर्नको लागि बजेट थप गरिएको छ ।

यस अघि सांसद बस्नेतकै पहलमा जिल्लाभरमा रु आठ करोड ९२ लाख बजेट व्यवस्थापन भएको थियो । जुन रकम निर्माणाधिन सूर्यविनायक नगर अस्पताल, भक्तपुर अस्पताल तथा नेपाल कोरिया अस्पतालको लागि बजेट छुट्याइएको छ । जसमा सूर्यविनायक नगर अस्पतालको लागि रु एक करोड ५० लाख रकम सोही रु आठ करोड ९२ लाख भित्रको रहेको छ भने सांसद बस्नेतको पहलमा आज ७५ लाख पुनः थप गरिएको हो ।

सूर्यविनायक नगर अस्पतालमा नगरपालिका तथा स्थानीय पूर्वाधार विकास कोष (सांसद कोष)बाट समेत बजेट व्यवस्थापन गरी तिव्र गतिमा निर्माण भइरहेको छ । उक्त अस्पताल यसै महिनाभित्रदेखी सञ्चालनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत