कोरोना संक्रमितका लागि प्रियंकाले जम्मा गरिन् २२ करोड

काठमाडौँ, ६ जेठ । बलिउड नायिका प्रियंका चोपडाले भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि भन्दै सहयोग कोष स्थापना गरेकी छिन् ।

उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा उनले लेखेकी छिन्–‘हामीले ३ मिलियन डलर अर्थात २२ करोड रुपैयाँ जम्मा गर्न सफल भएका छौ । यो रकमले ५ सय अक्सिजन कन्स्ट्रेटर र ४२२ अक्सिजन सिलिन्डर किन्न सकिन्छ । ’

साथै, उनले यो रकमले ६ हजार मानिसमा कोरोना विरुद्धको खोप लगाउन सकिने पनि उल्लेख गरेकी छिन् । उनले, यो कोषमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत