उच्च मनोबल बनाएर कार्यक्षेत्रमा खटिन सुरक्षा निकायलाई मन्त्री थापाको निर्देशन

हेटौँडा, ६ जेठ । गृहमन्त्री रामबहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन् ।

उनले आज बिहान हेटौँडामा वाग्मती प्रदेशका सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसँग भेटघाट गर्दै कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गरेर जनतालाई कोरोनाबाट भयभित हुनबाट मुक्त तुल्याई उनीहरुको उपचार कार्यमा सहजीकरण तुल्याउन सम्बन्धित कार्यालय प्रमुखले आफ्नो स्रोत साधन परिचालन गरी सहयोग पुर्याउन आग्रह गरे ।

मन्त्री थापाले प्रदेशका हरेक जिल्लामा जनतालाई शान्ति, सुरक्षा मानवअधिकारको प्रत्याभूति दिलाउन एवं अपराध नियन्त्रणका लागि सङ्घीय सरकारले हर प्रयासका साथ सीमित स्रोत साधन परिचालन गरी जनतालाई विश्वस्त तुल्याउन सरकार कटिबद्ध रहेको पनि उल्लेख गरेर ।

मन्त्री थापालाई मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले मकवानपुर जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रणका लागि भइरहेको प्रयास जिल्लाको शान्ति सुरक्षाको अवस्था र जिल्लामा हाल जनतालाई पुर्याउनैपर्ने सेवाको लागि सामान्य रूपमा भए पनि कर्मचारी राखेर सेवा सुविधा दिइएको पनि जानकारी दिएका थिए । गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनका विभिन्न कार्यकक्षको पनि अवलोकन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती