भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्यो

एजेन्सी, ६ जेठ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्न थालेको छ ।

गएको २४ घण्टामा भारतमा दुई लाख ७६ हजार दुई सय ६१ जनालाई सङ्क्रमण भएसँगै सङ्क्रमण हुनेको सङ्ख्या दुई करोड ५७ लाखभन्दा धेरै छ ।

भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि मृत्युदर भने कम हुन सकेको छैन । गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ८ सय ८० जनाको ज्यान गएको छ ।

योसहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख ८७ हजार एक सय ५६ पुगेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको सूचीमा भारत दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब