लुम्बिनीमा पाण्डे कि खड्का ? यस्तो छ अंकगणित

काठमाडौँ, ५ जेठ । यही जेठ १७ गते लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि नेकपा ९एमाले०बाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई उमेदवार बनाएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो । सोही रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई अघि सारेको हो । पाण्डे भने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा ९राजमो०बाट गठबन्धनका उमेदवार रहनुभएको छ । उहाँ एमाले लुम्बिनी प्रदेशसभा सदस्य त्यागेर कांग्रेस प्रवेश गर्नुभएको थियो ।

निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीअनुसार प्रदेशसभामा ७९ सदस्य हुनुहुन्छ । जसमा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका छ, राष्ट्रिय जनमोर्चाका एक सांसद रहनुभएको छ । सर्वोच्चले जसपाका ४ जना सांसदलाई पुनरवहाली गर्ने आदेशपछि लुम्बिनी प्रदेशसभा ८३ सदस्यीय भएको छ । पार्टीको निर्णय नमानेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सन्तोषकुमार पाण्डेय, विजय यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई कारबाही गरेको थियो ।

प्रदेशमा स्थानीय तहतर्फ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर गरी २१७ मतदाता छन् । जसमा एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, जनमोर्चाका पाँच, राप्रपाका दुई र स्वतन्त्र चारजना छन् ।

यस्तो छ अंकगणित
निर्वाचनमा प्रदेशसभाका सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष रउपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । प्रदेशसभामा एमालेको मतभार १,८२४, कांग्रेसको ९१२, माओवादीको पनि ९१२ र जसपाको ९६ र राजमोको ४८ मतभार छ । प्रदेशसभामा एमाले एक्लैको मतभार १,८२४ छ भने गठबन्धनको १,९६८ मतभार छ । जसपाका ती चार सांसदले भोट दिन पाएमा उनीहरुसँग १९२ मत रहनेछ । उक्त मत एमालेमा गएमा २,०१६ मत एमालेका उमेदवार खड्काले पाउनेछन् । यसरी हेर्दा प्रदेशसभामा गठबन्धनभन्दा एमालेका उमेदवारको ४८ मतभार बढी हुने देखिन्छ ।

स्थानीयतर्फ एमालेको मतभार १,६९२ हुन आउँछ । कांग्रेसको १,१३४, माओवादीको ६४८, जसपाको २३४, राजमोको ९० गरी गठबन्धनको मतभार २,१०६ मतभार हुने देखिन्छ । उनीहरुसँग एमालेभन्दा ४१४ बढी मत देखिन्छ । त्यस्तै, राप्रपा ३६ र स्वतन्त्रतको ७२ मतभार रहेको छ ।
प्रदेश र स्थानीय तहमा गरी एमाले एक्लैसँग ३,५१६ मतभार हुन आउँछ । राप्रपाले पनि एमालेका उमेदवारलाई सहयोग गर्ने सम्भावना छ । उसले वाग्मती प्रदेशमा पनि एमालेलाई सहयोग गर्ने निर्णय गरेको छ । जसपाका चार सांसदले १९२ मत दिन पाए र राप्रपाको ३६ एमालेले पाएमा उसको मतभार ३,७४४ हुनेछ ।

त्यस्तै, गठबन्धनको उमेदवारको मतभार ४,०७४ हुने देखिन्छ । यसरी हेर्दा गठबन्धनका उमेदवारसँग एमालेको भन्दा ३३० मतभार बढी हुने देखिन्छ । उता, स्वतन्त्रको ७२ मतभार कसको पक्षमा जाने भन्ने टुंगो छैन । उक्त मत एमालेकै उमेदवारको पक्षमा गए पनि गठबन्धनका उमेदवार विजयी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १३ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुको औपचारिक

चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनुभएको छ ।

तुलसीपुर, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका ६ पालिकामा नयाँ नेतृत्व चयन भएको छ ।

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापतिमा सबुज बानियाँ विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021