अध्यक्ष ठाकुर पक्षको प्रमाणसहितको दाबीले यादव पक्ष ट्वाँ

काठमाडौँ, ५ जेठ । जनता समाजवादी पार्टी नेपाल९जसपा० का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले पार्टी विधानमा भएको प्रकृया पूरा गरेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दाबी गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान नै पारित नभएकाले संसदीय दलको नेता कसरी चयन हुन्छ भन्ने प्रतिकृया दिएलगत्तै अध्यक्ष ठाकुर पक्षका नेताहरुले संसदीय दलको बैठकले विधान पारित गरेर संसदीय दलको नेता बनाएको दावी गरेका हुन् । पार्टी कार्यालय बबरमहलमा बैशाख २९ गते बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले संसदीय दलको विधान पारित गरेर महतोलाई संसदीय दलको नेतामा चयन गरेको जसपाका नेता एवं सांसद उमाशंकर अरगरियाले बताउनुभयो ।

संसदीय दलको विधानअनुसार नै प्रकृया पुर्याएर वैशाख ३० गते भक्तपुरको डोलेश्वर रिसोर्टमा बसेको बैठकले महतोलाई नेता चयन गरेको उहाँले बताउनुभयो । जसपाका २१ जना सांसदको हस्ताक्षरबाट विधान पारित भएको अरगरियाले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसदीय दलबाट विधान पारित भएको माइन्युट र विधान पनि संसद सचिवालयमा बुझाएको छ, त्यहाँ गएर हेर्दा हुन्छ ।’

कार्यकारिणी सदस्य अनिलकुमार झाले आफूले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई विधानको मस्यौदा बुझाइसकेकोले सोही विधान अनुसार राजेन्द्र महतोलाई दलको नेता छनौट गरिएको बताउनुभयो । यो सँगै यादव पक्षको योजना समेत असफल भएको छ । उपेन्द्र यादव समेत दलको नेता बन्ने दौडमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवान लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

काठमाडौँ, ७ असार । नेपाल सरकारले घोषणा गर्यो ‘सडक मानवमुक्त नेपाल’ बनाउने । सुन्दा आहा ! कति उत्कृष्ट योजना तथा

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

सप्तरी, ७ असार । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३