एमाले कार्यदलको निर्णयबिरुद्ध नेता नेपाल: प्रचण्डको फोनपछि आपत्तिजनक बक्तब्य

काठमाडौ, ४ जेठ । नेकपा एमालेको बिवाद समाधान सम्बन्धी कार्यदलले एकताबिरोधी कुनै पनि काम नगर्न पार्टी नेता–कार्यकर्तालाई आह्वान गरेको केही क्षण नबित्दै बरिष्ठ नेता माधवकुमार नेपालकै सचिवालय त्यस्को बिरुद्धमा उभिएको छ ।

कार्यदलले आह्वान गरेको दुई घण्टा नबित्दै बरिष्ठ नेता नेपालको सचिवालयले राष्ट्रियसभाको उपनिर्वाचनमा माओवादी र कांग्रेसको उम्मेदवारलाई मतदान गर्न एमालेका मतदातालाई छुट दिइएको भन्दै आपत्तिजनक बक्तब्य जारी गरी एकताबिरुद्ध उभिएको हो ।

बरिष्ठ नेता नेपालले गृहमन्त्रीसमेत रहनुभएका एमाले उम्मेद्वार रामबहादुर थापा, बादलसँगको भेटमा जिताउने काम आफूले गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । तर सचिवालयले भने त्यसलाई उल्टो बनाएर बिज्ञप्ती जारी गरेको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले फोन गरेपछि नेपालका स्वकीय सचिव मोहन गौतमले बिज्ञप्ती जारी गरेर भन्नुभएको छ, ‘आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।’

कोटेश्वर निकट स्रोतका अनुसार नेता नेपालका स्वकीय सचिव गौतम केही दिनयता लगातार माओवादी नेताहरुको सम्पर्कमा रहनुभएको छ । नेता नेपाल पनि प्रचण्डसँगको निकटता त्याग्न सकिरहनु भएको छैन । राष्ट्रियसभाको निर्वाचनमा एमाले उम्मेद्वार थापालाई मतदान नगर्दा एमालेभित्रको एकता प्रयाश अन्त्य हुने निश्चित देखिएपछि प्रचण्डले नै फोन गरेर यस्तो बिज्ञप्ती निकाल्न लगाउनु भएको स्रोतले बतायो ।

यस्तो छ बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021