राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शीतल निवासमा साढे ७ बजेदेखि भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । भेटवार्तामा मन्त्रिपरिषद् बैठकका निर्णयको जानकारी, सरकारले संसद् अधिवेशन आह्वान गर्ने तयारी लगायतका विषयमा छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीति तथा कार्यक्रमअगावै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छलफल पनि भइरहेको जानकारी दिनुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत प्राप्त नगरी सरकारले बजेट ल्याउन नमिल्ने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै