‘दुरदर्शिता र पारदर्शिता’ दुवै नभएका ‘प्रचण्ड’

दिनेश ढकाल

झन्डै २ दशकभन्दा बढि भयो होला कुरा २०५४ सालतिरको हो । म सानै थिए । स्कुले बच्चा, मेरो घर काभ्रे जिल्लाको तत्कालिन अनैकोट हाल पाँचखाल नगरपालिका वार्ड २ जुन ठाँउमा त्यतिवेला झन्डै दुईतिहाई माओवादितिरै थिए । मेरो घरमा नजिकैको भिनाजु पर्नेको किराना पसल थियो । हामी बसिरहेका थियौं । माथितिरवाट एक हुल झन्डै २५ देखि ३० जनाको संख्यामा माओवादीहरु आए । जुन ग्रुपमा मेरो सानिआमाको घरसंगैको १ जना दाई हुनुहुन्थ्यो ।

सबैले निकै मिठो वोलेर मलाई पनि सँगै लगेर जाने जस्तो कुरा गरे । म थोरै डराए त्यहि समुहमा चिनेकै दाई भएकाले अलिक सहज भयो र हामी पछि आउँछौं, सँगै जानुपर्छ भन्दै पाँचखाल तर्फ ओरालो लागे । कता गए केहि थाहा भएन् । २ दिनपछि गाँउमा २ जना नयाँ भेषमा गाँउ छिरे । जतिवेला सुनिन्थ्यो प्रचण्ड र बाबुराम जोगिको भेषमा हिन्छन रे । तेतिवेला जो जोगि देखे नि प्रचण्ड वा बाबुराम हो कि भन्ने लाग्दथ्यो । समय चल्दै गयो केहि समयपछि गाँउमा झन्डै ३०/४० वटा गाडिमा आर्मी र पुलिस अनि त्यतिवेला दंगा प्रहरी भनेको सुनिन्थ्यो । लगातार वारीबाट र पारीबाट माथितिर गए । गाँउनै त्रसित भयो । सबै डराईरहेका थिए । केहि छिनमै गोलीको बर्सात भयो । ७ जना माओवादी अनैकोटमा मारिए । राष्ट्रिय समाचार बन्यो । झन्डै युद्दको सुरुवाति चरणतिरै हुनुपर्छ । त्यसपछि मानिसको मनमा डरको अर्को नाम माओवादी भनेर पस्यो ।

लगातार देशैभरि यस्ता युद्द हिंसा लुटपाट बढ्दै गयो । यो क्रम बृहद शान्ति सम्झौतामा आएर टुंगियो । देश गृहयुद्दको दलदलबाट त उम्कियो तर सुरु भयो संसदिय राजनीतिमा प्रचण्डको ईन्ट्रि, २०६४ को चुनावमा देशकै प्रथम पार्टी भएर आयो । माओवादीसँगैदम्भ घमन्ड र अहंकार पनि काठमाडौँका सडकमा ट्राफिकभन्दा बढि वाईसियल देखिन थाल्यो । जताततै क्याम्पहरु खुले झनै खुलेआम लुटतन्त्र र दादागिरि चल्न थाल्यो । १ जना वाईसियल उभिदा १० औ जना मानिस हच्किने अवस्था थियो ।

अव भन्नुस कसरी देश शान्ति प्रकियामा गयो ?? झनै अशान्ति र लुटपाट दिनडाहडै डकैति फिरौति कानुनी रुपमै छुट दिएर जंगलबाट सहर छिराएको जस्तो प्रवृति माओवादीको कार्यकर्तामा थियो भने प्रचण्ड बाबुरामहरु संसदीय राजनीतिमै आफुलाई माहिर खेलाडीका रुपमा उभ्याईरहेका थिए । यतिवेलासम्म प्रचण्ड बाबुरामले अरबौं अरब चन्दा र बैंक लुटेका पैसा कति स्विस बैंकमा त कति दुबैमा कति भारतमा त कति नेपालमै नयाँ उद्योगपतिहरु निस्किए । जो जो नयाँ उधोगपति आए प्रचण्डसँग जोडिएका र उनैको लगानीबाट हालसम्म छन् । तर बिडम्वना अहिलेपनि उनि भन्छन् ४, तेला सुन १ कठ्ठा जमिन र एउटा मोवाईल सेट बाहेक मेरो सम्पति छैन् । जुन कुरा नेपालीले पत्याउनै पर्ने । समय न हो, पहिले संविधानसभाले देशमा संविधान दिन सकेन । फेरि मुलुक निर्वाचनमा जाने भयो । यता मोहन बैध र बिप्लवले प्रचण्डको साथ छोडिसकेका थिए । देश चुनावमा गयो कांग्रेस प्रथम पार्टी भयो । यो क्रम २०७४ सम्म आउँदा माओवादीको अस्तित्व नै संकटमा थियो । प्रचण्ड र केपी ओली लगायत केहि नेताको पहलमा चुनाव घि नै चुनावि एकता र पार्टी एकताको घोषणा गरे । जुन कम्युनिष्ट आन्दोलन र एकतालाई देशी विदेशी शक्तिले चासोको साथ हेरिरहेको थियो ।

चुनाव भयो झन्डै २ तिहाई मत कम्युनिष्टहरुले प्राप्त गरे । माओवादी फेरि सेभल्यान्डिंग भयो तर आम कार्यकर्ता र भुगोलको माग र मनसाय के छ भन्दापनि माथि माथि भागवन्डाको राजनीतिले स्पेस पाउँदै गयो । केपी ओली मुलुरको प्रधानमन्त्रि हुनुभएलगत्तै सुरु भयो गिराउने र असहयोग गर्ने खेलोमेलो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे सबै जानकार नै छौं । भनिन्छ, जव आफ्नालाई सिद्दाउन परायसंग सल्लाह लिईन्छ उस्को पतन सुरु हुन्छ । त्यस्तै भयो प्रचन्डको अवको यात्रा हुनत यस्मा मुख्य दोषि माधव नेपाल र बामदेव पनि हुन् तर प्रचण्डले आफुलाई जुन हाईटमा उभ्याएर पार्टी एकतापछि पनि आफ्नो मानिसहरुलाई स्पेस दिदै गईरहेका थिए ।

सभासद, गृहमन्त्रि, मन्त्रीहरु र्जदुत माधव नेपालका भन्दा बढि प्रचन्डकै थिए । सम्बन्ध पनि केपी ओली र प्रचण्डको राम्रै थियो । एमाले कार्यकर्ताले पनि नेता स्वीकारिसकेका थिए । प्रचण्डलाई तर के पुगेन् केपी ओली पछि ठूलो पार्टीको अध्यक्ष र भावि प्रधानमन्त्रि पनि उनि हुने आंकलन थियो । बरु केपी ओलीको र माधव नेपालबीचको गुटको आन्तरिक द्वन्दमा खेलेको भए उनि सफल हुने थिए होला । भलै उनको राजनीतिक लडाई भविष्यमा जो सँग छ, उनैसँग मिलेर केपी ओलीसँगको हारिने लडाईमा लाग्नु नै उनको अदुरदर्शिता हो ।

उनि केपी ओलीसँगको लडाई जितेकै भएपनि त पछि पार्टी अन्तरसंघर्षमा उनको लडाई माधव नेपाल, बामदेव गौतम र ईश्वर पोखरेल लगायतसँग हुने थियो । उनिलाई उनका निकटहरुले पनि पार्टी एकता पहिले सकौं, देशलाई स्थाईत्व दिऔं, सरकार परिवर्तन र अस्थिर राजनीतिको खेलमा नलाग्नुस् भनेकै हुन । तर उनि माधव नेपालको लभमा यसरी परे कि एउटा भनाई छ, बिगतको सिकाई, भविष्यको सम्झना, अनि वर्तमानको कर्मले तिमीलाई सफल या असफल बनाउँछ ।

केपी ओलीलाई सक्काउने र सरकार ढाल्न जव कहिले मधेश त कहिले बुढानिलकण्ठ, कहिले कोटेश्वर यसरी भौतारिनुमा कमरेड प्रचण्ड तिम्रो अपारदर्शिता र अदुरद्शिता दोषि छ । तिम्रो अपारद्र्शि सम्पति र अपारदर्शि राजनीतिले तिमि आफैलाई अपारदर्शि वनाईदिएको छ । अझै केहि बिग्रेको छैन्, समय छ, अझै सत्ता परिवर्तनको खेलमै ब्यतित छौं । अव त आँखा खुल्नपर्ने हो । यो कोरोनाको कहरमा जनताको पिडामा समय देउ सरकारलाई सहयोग गर । समय छ, मैदान पनि छ, अहिले राजनीति बिगार्ने बेला हैन । पछि खेल्नु तर बिन्ति अहिले सबै दल कोरोना माहामारिको लागि नि:स्वार्थ लागौं ।

सचिवालय सदस्य, राष्ट्रिय युवा संघ नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

असाम, ९ असार । भारत असामको १०५ बर्षका वृद्धले कोरोना जितेका छ्न् । उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा