दुई देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ, ४ जेठ । सरकारले दुई देशमा उडान खोल्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको हो ।

परराष्ट«मन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक–एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको बताउनुभयो ।

यसैबीच, सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै विश्वासको मत लिने विषयमा पनि छलफल भएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट अगामै विश्वासको मत ल्याउने दाबी गरेको बैठक पश्चात एक मन्त्रीले जानकारी दिनुभयो । वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा प्रधानमन्त्री ओलीले संवैधानिक प्रावधान अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा पनि छलफल भएको थियो । बैठकमा स्वास्थ्य संकटकाल लगाउने भन्नेबारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021