नेपाल प्रहरीद्वारा देशभरबाट ९ हजार अक्सिजन सिलिन्डर संकलन

काठमाडौँ, ४ जेठ । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो ।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २६ वैशाखयता सोमबार साँझसम्म देशभरबाट झन्डै ९ हजार अक्सिजन सिलिन्डर संकलन गरिएको छ । भरिएको अवस्थामा रहेका अस्पताल तथा खाली सिलिन्डर अक्सिजन उद्योगलाई दिइएको जानकारी उनले दिए ।

प्रहरीले संकलन गरेका अक्सिजन सिलिन्डरमध्ये भरिएको अवस्थामा रहेका अस्पताल र खाली अक्सिजन प्लान्ट रहेका उद्योगलाई हस्तान्तरण गर्दै आएको छ । ‘सोमबार साँझसम्म ९ हजार थान संकलन भयो,’ प्रहरी केन्द्रीय प्रवक्ता कुँवरले राजधानीसँग भने, ‘तीमध्ये ७ हजार ७ सय २६ थान वितरण गरिएको छ ।’

संकलित सिलिन्डर प्रहरीले सीसीएमसी, डीसीएमसी तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अस्पताललाई दिँदै आएको हो । संकलन गरिएकामध्ये १ हजार १ सय ८३ थान खाली सिलिन्डर हस्तान्तरण गर्न बाँकी रहेको र ती सिलिन्डर पनि अक्सिजन उद्योगलाई भर्न दिएर अस्पतालमा पठाइने प्रहरीले भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले विभाजनविरुद्ध एकजुट बन्न आग्रह गरेकी छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021