कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण आवश्यक : मन्त्री अर्याल

काठमाडौँ, ३ जेड । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताउनुभएको छ ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् ९अनाज०ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताउनुभयो । कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको बताउनुभयो । उहाँले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो । कृषि यान्त्रिकीरकणका लािग सरकारले नीति बनाई सकेको र त्योअनुसार काम अगाडी बढीसकेको बताउँदै उहाँले सरकारले डिजिटल नेपालको कल्पना गरेको र त्यो अनुसार काम भइरहेको बताउनुभयो ।

कृषि मन्त्रालयले माटोको गुणस्तर मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उहाँले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुन माटोमा के तत्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुनेछ । यो कुरालाई अगामी वजेट तथा नीति तथा कार्यक्रममा पनी समेटेर हामी अगाडी बढ्ने सोच बनाएका छौ ।’ वैदेशिक रोजगारीको शिलशिलामा युवाहरु विदेशिने अवस्था रहेका कराण गाउँमा महिलाहरुले मात्र कृषि पेशा अगाडी बढाउदै आएको भन्दै उहाँले त्यसका निम्ती अब महिलामैत्री कृषि औजारको अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गाउँमा पुरुषभन्दा बढी महिलाहरु कृषिमा आवद्ध छन्, उनीहरुलाई उपयुक्त हुने औजारको व्यवस्था गर्न आवश्यक छ । त्यसका निम्ती महिलामैत्री कृषि औजारहरुको अनुसन्धान गरौ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका

काठमाडौँ, ६ चैत । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका

काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान