नेपाल आइपुग्यो थप ९७५ सिलिन्डर र १७५ अक्सिजन कन्सन्ट्रेटर

काठमाडौँ, ३ जेठ । नेपालमा चीनबाट थप ९७५ अक्सिजन सिलिन्डर र १७५ वटा अक्सिजन कन्सन्ट्रेटर आइपुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्र रूपमा फैलिएसँगै देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव भएपछि चीन सरकारले २० हजार थान अक्सिजन सिलिन्डर उपलव्ध गराएको हो ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले हिजो र आज चीनको राजधानी बेइजिङबाट सो परिमाणमा अक्सिजन सम्वन्धी सामग्री काठमाडौं ल्याएको हो । गत शनिबार सो विमानले ओमानबाट ५६० वटा अक्सिजन सिलिन्डर ल्याएको थियो । बाँकी परिमाणको सामग्री तातोपानी नाकामा आइसकेको र अब स्थलमार्ग हुँदै सबै सामान ल्याउने भएको बताइएको छ ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार  हिजो र आज गरी क्रमश ४०० र ५७५ वटा अक्सिजन सिलिन्डर र १३० र २७ वटा अक्सिजन कन्सन्ट्रेटर काठमाडौं ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । सरकारले पछिल्लो समय आम्दानी धेरै हुने नयाँ श्रम गन्तव्यसँग धमाधम सम्झौता गर्दै नेपालबाट दक्ष जनशक्ति पठाउन

तनहुँ, २४ साउन । २८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका

काठमाडौँ, २४ साउन । देशका विभिन्न स्थानमा आज पनि मौसममा बदली र वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, २४ साउन । २०७९ साल साउन २४ गते मंगलबारको राशिफल ।  मेष : सम्मान बढ्नेछ। राजनीति र सामाजिक क्षेत्रमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021