स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, ३ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।

उनले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जालगायत सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

उनले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिमाण र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि उनले निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती