दुई मन्त्रीसहित चार जना पक्राउ

एजेन्सी, ३ जेठ । भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआई) ले पश्चिम बङ्गाल सरकारका दुई जना मन्त्रीसहित चार जनालाई पक्राउ गरेको छ ।

नारदा स्टिङ मुद्दामा छानबिन गरिरहेको सीबीआईले उनीहरूलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ । पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल सरकारका मन्त्रीहरू फिरहाद हकीम र सुब्रत मुखर्जी तथा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्व मन्त्री शोभनदेव चटर्जी र तृणमूलका विधायक मदन मित्र रहेका छन् । शोभनदेव केही समयअघि तृणमूल छाडेर भाजपामा प्रवेश गर्नुभएको हो । बाँकी सबै मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसका नेता हुन् । राज्यपाल जगदीप धनखडले पक्राउ परेका नेताहरूविरुद्ध आरोपपत्र दायर गर्न अनुमति दिइसक्नुभएको सीबीआईले जनाएको छ । 

तृणमूल कांग्रेसका प्रभावशाली नेताहरूले शक्ति दुरुपयोग गर्दै घुस लिएर निजी कम्पनीलाई गैरकानुनी काम गर्न दिएको आरोप लागेको छ । मुख्यमन्त्री ममता बनर्जीले नेताहरू पक्राउ गर्न स्वीकृति दिने अधिकार राज्यपाललाई नभएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021