बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

एजेन्सी, ३ जेठ । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ ।  उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । 

अफगानिस्तानमा तालिबानी लडाकुहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्ने मध्येका तीन जनाको ज्यान गएको बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा