नेता बुढाथोकीको नेतृत्वमा चाँगुनारायण अस्पताललाई १० वटा अक्सिजन सिलिन्डर

भक्तपुर, ३ जेठ । चाँगुनारायण नगरपालिकाले ग्रामिन क्षेत्र चाँगुमा संचालन गरेको चाँगुनारायण अस्पताललाई १० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । चाँगु नारायणकावासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरि रहेको यो अस्पतालमा अक्सिजन नभए पछि १० बेडको अस्पताललाई १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

स्थानीयवासी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा समाजसेवी रमेश बुढाथोकीको नेतृत्वमा रु. २ लाख ४८ हजारमा १० वटा अक्सिजन सिलिण्डर किनेर गरी अस्पताललाई हस्तान्तरण गरेको हो । नेता बुढाथोकीले भन्नुभयो, ‘आफ्नो क्षेत्रको अस्पतालमा गाउ कै कोरोनाका विरामी भर्ना भएका छन् । तर अक्सिजन अभाव भएर समस्या आएको खबर आए पछि अक्सिजन सहितको सिलिण्डर किनेर अस्पताललाई दिएका हौ’ ।

अस्पताललाइ बुढाथोकीले रु १ लाख २४ मा ५ वटा र चाँगुनारायण नगरपालिका वडा न ४ का वडा अध्यक्ष बुद्धीलाल महर्जन, अस्पताल ब्यबस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल, युवा नेता उपेन्द्र ढकाल लगायतको सहयोगमा रु. १ लाख २४ हजारमा अर्को ५ वटा गरि जम्मा १० वटा ठूलो सिलिन्डर किनेर अस्पताललाई दिएको उहाले बताउनु भयो ।

गाउका कोरोना भएका बिरामीले अन्त अस्पतालमा उपचार गर्न बेड नपाउकाले गाउँ कै उक्त अस्पतालमा अहिले १० वटा बेड भए पनि ११ जना कोरोना बिरामीको उपचार गरि रहेको नगर पालिकाका मेयर सोम प्रसाद मिश्रले जानकारी दिनु भयो । नगर पालिकाले कोरोना विरामीका लागि अस्पताल, आइसोलेसन, एम्बुलेन्स र शव बाहन संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने