सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

हेटौंडा, ३ जेठ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ वटै जिल्लाका अस्पताललाई छिटो अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ ।

प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै मुख्यमन्त्री पौडेलले कोरोना संक्रमित बिरामीको उपचारलाई सहज बनाउन प्रत्येक अस्पतालले अक्सिजन प्लान्ट जडान गर्न आग्रह गर्नुभयो । उहाँले प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर सङ्क्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिससका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भिडभाड नगर्न पनि स्थानीय तहलाई जनशक्ति परिचालन गर्न आह्वानसमेत गर्नुभयो । भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँटोलमा जनचेतना फैलाउन र बिरामीलाई समभावपूर्ण व्यवहार गर्न स्थानीय तहले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021